नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ सय ४८ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप २९ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्