नेप्सेमा दोहोरो अंकको गिरावट

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २ हजार १०९.३४ को बिन्दुमा कायम भएको हो ।

आइतबार ३१५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ बराबरको कारोबार भएको छ । 

आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ३.३७ र म्युचुअल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २. १९ र जलविद्युत् समूह १. ६२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६. ३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार ८३३ बराबरको कारोबार भएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्