आगामी वर्षको बजेट दिउँसै आउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । विगतका वर्षहरूको परम्परालाई तोड्दै आर्थिक वर्ष २०८२/८३ को बजेट यस पटक दिउँसै आउने भएको छ। हरेक वर्ष जेठ १५ गते सार्वजनिक हुने बजेटका लागि यो पटक प्रतिनिधि सभा र राष्ट्रिय सभाको सयुक्त बैठक दिनको १ बजेको लागि बोलाइएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्दै अर्को बैंठक १५ गते दिनको १ बजे बस्ने र त्यसका लागि दिनको १२.४५ भित्रमा सदन छिरिसक्न सांसदलाई आह्वान गरेका छन्। सरकारको अहिलेको तयारीमा कुनै फेरबदल नभएमा यो पटकको बजेट दिउँसै आउने निश्चित भएको छ।

यसअघिका बजेट दिउँसो ४ बजेमात्र सार्वजनिक हुँदै आएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्