कुमारी बैंकको साधारण सभा बस्दै

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ११ कार्तिक ।।कुमारी बैंकको कात्तिक २१ गते २२औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

गाभ्ने–गाभिने र प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने एजेन्डा छ । साथै, सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्नेलगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने भएको छ । हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्का रहेको छ । तसर्थ असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्