गर्मीमा आफुलाई कसरी फिट एन्ड फाइन राख्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ ६ । गर्मी महिनामा विभिन्न स्वास्थ्य समस्याको जोखिम हिउँदको तुलनामा बढी नै हुन्छ । यो समयमा विशेष ख्याल पुराएन भने विभिन्न खालका स्वास्थ्य समस्याहरु आइपर्छन । हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । अर्कोतिर झिँगा फैलने, लामखुट्टेले टोक्ने, साङ्लाले दुख दिने पनि गर्मी याममै हो । यद्यपी यो मौसमको खराबी होइन, हामीले मौसम अनुसार आफुलाई तयार राख्न नसकेका मात्र हौं । गर्मी९जाडो प्राकृतिक चक्र हो । यो बर्षौदेखि निरन्तर र नियमित छ । अतः गर्मीमा पनि आफुलाई कसरी फिट एन्ड फाइन राख्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ ।

के गर्ने ?

गर्मी याममा लाग्नसक्ने संभावित रोगहरुबाट छुटकारा पाउनका लागि केही सतर्कता अपनाउन सकिन्छ । यसलाई बुँदागत रुपमै उल्लेख गरौं ।

१. पर्याप्त पानी वा झोलयुक्त पदार्थ पिउने । किनभने गर्मीमा बढी पसिना बग्ने भएकाले शरीप्रमा पानीको मात्रा अपुग हुन्छ ।

२. मौसमी सब्जी, फलफूलको सेवन गरौं । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुराबाट शरीरमा रोगको संक्रमण हुनसक्छ ।

३. सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगरौं । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्छ ।

४. घरबाहिर निस्कदाँ पुरै शरीर ढाक्ने पहिरन लगाउने । यसले गर्दा धुलो धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउन सकिन्छ ।

५.आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गरौं ।

६. सरसफाईमा विशेष ध्यान दिनुपर्छ । पसिना बग्ने, धुलो-धूँवा शरीरमा टाँसिने भएकाले नुहाईधुवाई गर्नैपर्छ ।

गर्मीमा आफ्नो शरीरका साथसाथै वातावरणिय स्वच्छता पनि आवश्यक हुन्छ । आफ्नो घर, आँगन वा आफु बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर भयो भने विभिन्न संक्रमणको भय हुँदैन ।

पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु छन् भने त्यहीबाट लामखुट्टे, झिँगा, साङ्ला फैलन्छ । यी रोगका स्रोत हुन् । लामखुट्टेको टोकाइले जिउमा चिलाउने मात्र होइन, रगतको माध्यामबाट विभिन्न रोग सार्ने भय पनि हुन्छ । झिँगाले खानेकुरालाई दुषित बनाइदिन्छ । साङ्लाले पनि खानेकुरामा हानिकारक ब्याक्टेरिया सार्ने जोखिम हुन्छ ।

त्यसैले लामखुट्टे, झिँगा, साङ्ला नियन्त्रणका लागि घर एवं आसपासका क्षेत्रमा सरसफाई आवश्यक हुन्छ ।

गर्मीमा लामखुट्टेको टोकाईबाट बच्नका लागि झुलको प्रयोग गर्ने गरिन्छ । यो सही तरिका हो । जबकी लामखुट्टे भगाउन धूप बाल्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता धूपले लामखुट्टे मर्छ भने पक्कै त्यसले हाम्रो स्वास्थ्यलाई पनि हानी गरिरहेको हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्