मुसा के हो ? कसरी उपचार गरिन्छ ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ ३ । शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । आउनुहोस मुसा आउनुको कारण र उपचार बारे एकैछिन चर्चा गरौं ।

शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ । मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।

शरीरमा आएका मुसाबाट रगत बग्न थालेमा यसलाई खतराको संकेतका रूपमा लिनुपर्छ । मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।

केही व्यक्ति मुसालाई हटाउन डाम्ने वा काट्ने गर्छन् भने कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउने गर्दछन् । यसो कहिल्यै गर्नुहुँदैन । यसो गर्नाले भाइरस शरीरका अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा शरीरका विभिन्न भागमा अझ बढी मुसा पलाउँछ ।

कतिपय प्रकृतिका मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर, यसलाई उपचार नै गर्नुपरेमा विभिन्न विधि अवलम्बन गर्नुपर्छ । भौतिक रूपले यसलाई नष्ट गर्न सकिन्छ । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । लक्षणका आधारमा होमियोप्याथिक औषधिका माध्यमले पनि यसको उपचार गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्