
काठमाडौं : दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुल बजारमा रहेको एउटा कपडा पसलमा आगलागी भएको छ ।
बिसाखर प्याकुरेलको कपडा पसलमा बुधवार राति आगलागी भएको जनाएको छ ।
आगलागीबाट झण्डै ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय नौमुलेको प्रारम्भिक अनुमान छ ।
आगलागीको कारण पसलमा बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय नौमुलेका प्रहरी प्रमुख तेजबहादुर बुढाथोकीले बताए ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । कपडा पसल भएको घरमा नौमुले गाउँपालिकाको कार्यालय समेत रहेको छ ।