एसी खोलेर सुत्दा छाला सुख्खा र रुखो हुने देखि हड्डी पनि कमजोर हुन सक्छन्

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, जेठ २ । गर्मी बढीरहेको समयमा एसीको धेरै प्रयोग गर्ने गर्छाै तर, लामो समय सम्म एसीमा बसिरहँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या हुन सक्छन् ।

नियमित एसीमा बस्ने वा रातभर एसी खोलेर सुत्ने गर्नाले विभिन्न स्वास्थ्य समस्या बारेमा एकैछिन चर्चा गरौं ।

एसी खोलेर रातभर सुत्दा कसैलाई टाउको दुख्ने समस्या हुन सक्छ । एसी चलिरहँदा यसको चिसो हावा विस्तारै टाउकोमा लगातार आइरहन्छ जसले गर्दा भारीपन महसुस हुन सक्छ ।

रातभर एसी खोलेर सुत्ने बानी छ भने यसले छालामा पनि नराम्रो असर पर्छ । जसले छाला सुख्खा र रुखो हुने र चमक पनि कम हुन्छ ।

लामो समयसम्म एसी खोलेर बस्ने बानीले हड्डी पनि कमजोर हुन सक्छन् । किनकि शरीरलाई लामो समय अत्यधिक चिसो वातावरणमा राखिरहँदा हड्डीसँग जोडिएका समस्या हुने सम्भावना धेरै हुन्छ ।

एसीमा लामो समय रहँदा शरीरमा प्राकृतिक हावा आउन पाउँदैन जसले गर्दा तपाईंलाई थकान महसुस हुन सक्छ । शरीरलाई ऊर्जावान बनाइराख्न प्राकृतिक ताजा हावाको आवश्यकता पर्दछ ।

कतिपयलाई लगातार एसीमा बसिरहँदा रुघाखोकी लाग्ने समस्या हुन्छ । साथमा दम तथा छातीमा अन्य समस्या भएका व्यक्तिलाई यस्तो समस्या अझै छिटो हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्