डेङ्गी सङ्क्रमणका बिरामी घट्दै तर जोखिम भने कायमै रहेको विज्ञहरूको भनाइ

खबर बुक
  • ख-
  • ख+

डेङ्गी सङ्क्रमणका बिरामी घट्न थालेपनि जोखिम भने कायमै रहेको विज्ञहरुले बताएका छन् ।

नेपालमा हालसम्म ४३ हजार ६ सय ८५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ भने ५१ जनाको मृत्यु भइसकेको छ । गत सेप्टेम्बरमा २७ हजारमा डेङ्गी पुष्टि भएकोमा अक्टोबर अन्तिम सातासम्म १३ हजारमा पुष्टि भएको छ ।

तथ्याङ्कले डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० प्रतिशतले घटेको देखाएपनि डेङ्गी सङ्क्रमण हुँदैन भनेर ढुक्कसँग बस्न मिल्ने अवस्था भने नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले सीआईएनसँग बताउनुभयो ।

डेङ्गी फैलाउने एडिस प्रजातिको लामखुट्टे कम भइनसकेकाले अहिले नै डेङ्गीको प्रकोप हटिनसकेको उहाँको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्