पिएसजी युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

खबर बुक
  • ख-
  • ख+

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गयराती घरेलु मैदानमा मक्कबी हाइफामाथि ७–२ को फराकिलो जित दर्ता गर्दै पिएसजीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

त्यस्तै इङ्ग्लिस क्लब चेल्सी पनि साल्जबर्गलाई २–१ ले हराउँदै अन्तिम १६ मा पुगेको छ । स्पेनिस क्लब रियल म्याड्रिड जर्मन टोली आरबी लाइप्जिगले ३–२ गोल अन्तरले पराजित भयो । इटालियन क्लब युभेन्टस भने एक खेल बाँकी रहँदै च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ ।

गयराती बेन्फिकासँग ४–३ गोल अन्तरको हार बेहोरेपछि युभेन्टस नकआउट चरणमा नपुग्ने पक्का भएको हो । अन्य खेलमा बुरुसिया डर्टमुन्ड र म्यानचेस्टर सिटीले गोल रहित बराबरी खेल्दा, सेल्टिक र साख्तर डोनेस्कले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्