भेरी किनारमा भोज खाना गएका एकको मृत्यु , एक बेपत्ता

न्युज कारखाना
  • ख-
  • ख+

सुर्खेत , ८ कात्तिक

भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका बीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो । नदी पारी रहेको सवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताउनुभयो ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक९भोज०को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्