नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ८
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीको निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा सत्ता गठबन्धन देश र जनताको विरोधमा भएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिपक्षी एमालेले पनि सडक र सदनमा सक्रिय भूमिका खेल्न नसकेका कारण सरकारलाई मनपरी गर्न सहयोग पुगेको नेमकिपाको तर्क छ । कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवै सारमा एउटै सिक्काका दुई पाटा हुन भन्न प्रष्ट रहेको घोषणापत्रमा उल्लेख छ भने दुई गठबन्धन पुँजीबादी सरकारको भागबण्डा गर्ने चाँजोपाजो मात्रै भएको नेमकिपाका नेता प्रेम सुवालले बताउनुभयो । कृषिमा आत्मनिर्भर बनाउन, जमिन जोत्नेलाई वितरण गराउन र रसायनिक मल कारखाना स्थापना गराउन पार्टीका जनप्रतिनिहिरुले आवाज उठाउने उहाले बताउनुभयो । देशको सस्मा सुरक्षा र सार्वभौमिकता रक्षाको संघर्ष अघि बढाउने , देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेन्डुपहरुलाई हराउन, स्वास्थ्य सेवा निशुल्क र सुलभ गराउन ध्यान केन्द्रीत गर्ने उहाले बताउनुभयो ।

त्यस्तै नेमकिपाका अध्यक्ष बिजुक्छेले मुलुकको वास्तविकताका बारेमा अझै जनतालाई बुझाउन जरुरी रहेको बताउनुभयो । उहाले अन्य दलले जस्तो आफ्नौ पार्टीले निर्वाचनमा खर्च गर्न नसक्ने धारणा राख्नुभयो । नेमकिपा सरकारमात्रै गएर व्यवस्था परिवर्तन हुन नसक्ने भएकाले सरकारबाहिरै बसेर व्यवस्था सच्चाउन लाग्ने उहाको भनाई छ ।

नेमकिपाले माध्यामिक शिक्षा निशुल्क र अनिवार्य तथा विश्वबिद्यालय शिक्षा निशुल्क गराउन,हरेक प्रदेशमा प्रदेशस्तरीय विश्वविद्यालय र अस्पताल निर्माण गराउन, किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन ध्यान केन्द्रीत गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्