करेन्ट लागेर जनकपुरमा दुई जनाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

जनकपुरधाम, ७ कार्तिक

दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको धनुषा प्रहरीको भनाइ छ ।उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्