सहकारी सञ्चालकलाई सुरक्षाको माग गर्दै गृहमन्त्रालयलाई पत्राचार

खबर बुक
  • ख-
  • ख+

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षाको माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

१२ भदौमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत भएको भन्दै सम्बन्धित सहकारी संस्थाले माग गर्दा सुरक्षा व्यवस्था मिलाउने आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सहकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन लेखि आएकोले सम्बन्धित सहकारी संघसंस्थाले माग गरेको बखत तदअनुरुप आवश्यक सुरक्षा व्यवस्था मिलाइदिनुहुन आदेशाअनुसार अनुरोध छ,’ भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयले गृह मन्त्रालयललाई लेखेको पत्रमा भनिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्