अहिलेको गठबन्धन रहर नभई आवश्यकताको गठबन्धन भएका प्रधानमन्त्री देउवाको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन रहर नभई आवश्यकताको गठबन्धन भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले आफुलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको नभई संविधानको रक्षाका लागि आवश्यकताका आधारमा गठबन्धन बनेको बताउनुभएको हो । उहाले भोलीका दिनमा पनि मुलुकमा गठबन्धनको अपरिहार्यता रहेको धारणा राख्नुभयो । देशको स्थायी शान्ति, लोकतन्त्र रक्षाका लागि गठबन्धन अघि बढ्ने उहाको भनाई छ । देउवाले गठबन्धनका सवै नेता तथा कार्यकर्ताहरुबीच आपसमा एकतालाई बढाई अघि बढ्नुपर्ने र गठबन्धनलाई जीत दिलाउनुपर्ने बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पावरमा आइसकेपछि केपी ओलीले संविधान, गणतन्त्रलाइ उल्टाउने षडयन्त्र गरेको आरोप लगाउनुभयो । उहाले आफुहरुको गठबन्धन परिवर्तनका लागि भएको र अर्को गठबन्धन परिवर्तन विरोधीको भएकाले आगामी निर्वाचनले यसको छिनोफानो गर्ने तर्क गर्नुभयो । प्रचण्डले गठबन्धनले अब देशलाई आर्थिक समृद्धिको नयाँ युगतिर लैजाने दावी पनि गर्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने प्रवृतिले मुलुक अप्ठेरो अवस्थामा फसेका कारण गठबन्धन आवश्यक रहेको बताउनुभयो । पवित्र उद्देश्यका साथ बनेको गठबन्धन बनेको भन्दै उहाले मंसिर ४ को निर्वाचनमा जनताले मुलुकको हितमा नै निर्णय गर्ने दावी गर्नुभयो ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको गठबन्धन कसैको बिरुद्ध नभइ लोकतन्त्रलाई बलियो पार्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाउन गठबन्धन बनेको बताउनुभयो । चरम उग्रराष्ट्रवादको नारा दिएर राष्ट्रिय समाजवादको फासीवादीको प्रवर्धन गर्ने शक्तिहरुको अर्को गठबन्धन अपवित्र गठबन्धन भएको उहाको भनाई छ ।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै अवस्था बदल्नका लागि सत्ता गठबन्धन निर्माण भएको बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्