पाविधिक समस्याका कारण कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज प्रकाशन नहुने

खबर बुक
  • ख-
  • ख+

कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने अध्यक्ष शर्माले बताए । बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । त्यसका लागि साढे ३ बजे बोर्ड बैठक समेत बोलाएको थियो । तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो । बोर्डले आजै मोबाइलबाट नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो । नतिजा हेर्न आईभीआर सिस्टम अन्तर्गत लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर नतिजा हेर्न सकिनेछ । भने १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो । तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्