नेपाली काँग्रेसले आज पनि घोषणापत्र सार्वजनिक नगर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं कार्तिक ७

नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणापत्र आज पनि सार्वजनिक नगर्ने भएको छ ।

काँग्रेसले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम पटक, पटक स्थगित गरेको हो । काँग्रेसले हिजो साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने बताएकोमा अन्तिम समयमा आएर आज बिहान साढे १० बजेका लागि समय तोकेको थियो ।

तर आज बिहान ८ बजे एक विज्ञप्ती जारी गर्दै अर्को सूचना नहुन्जेसम्मका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगन गरेको जनाएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने भनिएकोमा अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्