उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युतको क्षेत्रमा देशले ठूलो क्रान्ति गरिरहेको दाबी गर्नुभएको छ ।
काठमाडौँको रत्नपार्कमा नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विद्युतीय सवारीको चार्जिङ स्टेसन उद्घाटन गर्दै मन्त्री भुषालले मुलुकभित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर आफैले प्रयोग गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको भन्दै उहाँले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई कम गर्न विद्युतीय यातायातको विकल्प नभएको बताउनुभयो ।
रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा संकट भएको उहाँले बताउनुभयो । विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै मन्त्री भुसालले नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताउनुभयो ।