सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं,६ कार्तिक।।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा लघुवित्तकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले आइतबारबाट ३५ दिनभित्र संस्थाको मुख्य कार्यालय बनेपा –१३, साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने सेयर कित्ता संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्