इङ्ग्लिस प्रिमियर लिग ः म्यानचेस्टर सिटी र एभर्टन विजयी

खबर बुक
  • ख-
  • ख+

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।

सिटीले घरेलु मैदानमा ब्राइटन होब अल्वियोनलाई ३–१ गोल अन्तरले हराएको हो । जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अङ्क दुरी १ मा छोट्याएको छ ।

सिटीको ११ खेलबाट २६ अङ्क पुगेको छ । एक खेल कम खेलेको आर्सनलको २७ अङ्क छ । पराजित ब्राइटन १५ अङ्क जोडेर आठौं स्थानमा छ ।

प्रिमियर लिगकै अर्कोे खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई ३–० ले हराएको छ । जितसँगै एभर्टन १२ खेलबाट १३ अङ्क जोडेर ११ औं स्थानमा छ ।

पराजित क्रिस्टलको १३ अङ्क नै रहेपनि गोल अन्तर र हेड टु हेडमा एभर्टनसँग पछि छ । राति भएको चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल भने १–१ को बराबरीमा सकिएको छ ।

यो नतिजासँगै ११ खेलमा २१ अङ्क जोडेको चेल्सी चौथो रहँदा समान खेलबाट २० अङ्कका साथ युनाइटेड पाँचौं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्