नवौं राष्ट्रिय खेलकुद आयोजनामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो ।

प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रुपमा सञ्चालन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्