आयोगले निर्वाचन शिक्षा सम्बन्धी भिडियो हटायो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५

निर्वाचन आयोगले निर्वाचन शिक्षा सम्बन्धी भिडियो सार्वजनिक गरेको भोलिपल्ट नै हटाएको छ ।

आयोगले भिडियो सामग्री परिमार्जनका लागि भन्दै हटाएको हो । आयोगले आज सामाजिक संजाल फेसबुकमा भिडियो सामग्रीका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । हिजो मात्रै आयोगले प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि सन्देशमूलक गीत तथा भिडियो सामग्री सार्वजनिक गरेको थियो ।

गीतको शब्द, लय, भिडियोमा गरिएको अभिनय लगायत विषयलाई लिएर आलोचना भएपछि आयोगले परिमार्जनको लागि भन्दै भिडियो हटाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्