नेपालमा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा १ सय ४३ जना र २ हजार ४ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप २ सय ३२ संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३ हजार १ सय ४६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्