निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने काँग्रेस सभापति देउवाको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दावी गर्नुभएको छ ।

शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दावी गर्नुभएको हो ।

देउवाले रुख, कलम र गोलाकार भित्रको हँसिया हथांैडा चिह्नमा भोट हाल्न आफु तयार रहेको भन्दै कार्यकर्तामा अन्योलता आउन नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्