सिंघियतालाई पुर्णता दिनका लागि गठबन्धनले निर्वाचन जित्नु पर्ने नेपाली कांग्रेसका नेता सिंहकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सिंघियतालाई पुर्णता दिनका लागि गठबन्धनले आगामी निर्वाचन जित्नु पर्ने बताउनु भएको छ ।

काठमान्डौ महानगर पालिका १० ले आयोजना गरेको तिहार शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उहाले प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार दिनका लागि चाहिने संघिय कानुनहरु आगामी गठबन्धनको सरकारले सफल रुपमा बनाउने बताउनु भयो ।

आफुले २०६४ साल पछि निर्वाचनमा जनताले प्रदान गरेको म्यानडेटलाई सम्बोधन गर्दै काठमाण्डौ क्षेत्र न. १ को विकाशको काममा अगाडि बडेको बताउनु भयो । अझै पनि यस क्षेत्रमा विकाशको कामहरु बाकी रहेकाले त्यसलाई सम्पन्न गर्न नेपाली कांग्रेश सहितको उमेदवारलाई मंसिर ४ मा  जनताले जिताउने विश्वाश व्यत्त गर्नुभयो ।

उहाले सुकुम्वासी समस्या समाधान साथै धोबीखोला कोरिडोरलाई स्वच्छ सफा बनाउनेमा आफु प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्