सलमानलाई डेंगी, बिग बोस चलाउदै करण

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ५ कात्तिक।।बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शोे  ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगी भएको छ ।

सलमानलाई डेंगी भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्नेछन् । डेंगीले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्नेछन् ।

करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।

करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन् । त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो । सन २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्