चुनावी प्रचारमा गएको भन्दै प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ४ कात्तिक

निर्वाचन आयोगलले निर्वाचन आचारसंहिताविपरीत दल र उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएको भन्ने विषयमा अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रधानाध्यापक कुँवरले एमालेको चुनाव प्रचारमा संलग्न भएको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधेको हो । आयोगले यसअघि नै आचारसंहिताविपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ ।

आयोगले शिक्षक कुँवरलाई ‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदा रहँदै कुनै दलको सदस्य बन्नुभएको होइन भन्ने आधार के छ ? यदि सदस्य बन्नुभएको हो भने तपाईंलाई राजनीतिक निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम कारबाही हुनु किन नपर्ने हो ?’ भनी स्पष्टीकरण पत्र पठाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्