रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बैतडी, ३ चैत । रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका–७ कुलाखोलाका करिब ३६ वर्षीय हरिभान ऐरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।

शनिवार बिहान आफ्नै घर नजिकैको खरबारीमा स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको हो। मृतक ऐरकाका श्रीमती र  ४ छोराछोरी रहेको परिवारका सदस्यले बताएका छन्।

Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्