मोरङलाई हराउँदै बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीले जित्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र ३ । बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले हात पारेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै एनआरटी च्याम्पियन बनेको हो ।

एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघि दशौँ संस्करणको उपाधि पनि एनआरटीले जितेको थियो ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्