काठमाडौंमा सवारी दुर्घटना, एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ चैत । काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। 

Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्