
काठमाडौं, चैत्र ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुनी प्रक्रिया पुरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
एमाले बाणगंगा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमि सम्बन्धीका समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्धा झेल्नुपर्ने लगायत अनेकौ समस्या हुने भएकाले विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले मन्त्रालय मन्त्रालय बिच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रुपमा गर्न आफु लागि पर्ने धारणा राख्नुभयो ।
जनताका लागि काम गर्दा आफुलाई पदको कुनै मोह नरहेको उहाले बताउनुभयो ।