
काठमाडौं, ३ चैत । उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक जङ्गलमा लागेको डढेलो बस्तीमा पसेर भएको आगलागीमा झण्डै ४६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
हावाहुरीका कारण सामुदायिक वन नजिकमा रहेको बस्तीमा पस्दा गाउन राई, मनकुमारी राई, जगत राई, मदन राई, गोबिन्द नेपाली र रामबहादुर राईको गरी ३ वटा घर र ६ वटा गोठमा क्षति भएको हो ।
आगलागीबाट ४५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बस्तीमा पसेको आगो हिजो प्रहरी र स्थानीयबासिन्दाले निभाएका थिए ।सामुदायिक वनमा लागेको डढेलोको पूर्ण रुपमा नियन्त्रण भैसकेको छैन ।