रोनाल्डोको गोलमा अल नासर विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ३ चैत । साउदी प्रो लिग अन्तर्गत अल नासर ले अल अहली साउदीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितपछि अल नासरको २४ खेलमा ५६ अंक भएको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलको छ ।

त्यसैगरी अल अहलीको २४ खेलमा ४७ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्