मलेसियासँग नेपालको लज्जास्पद हार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ चैत । नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको हो ।

यस खेलमा नेपालका लागि समीर तामाङले एक मात्र गोल गरेका थिए । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो । 

यो हारपछि अब नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोट खेलका लागि बहराइन प्रस्थान गर्नेछ । बहराइनसँगको दुई मध्ये एक खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुनुपर्नेमा दशरथ रंगशाला खेल्नका लागि अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुने भएका छन् ।

नेपालले पहिलो खेल मार्च २१ मा खेल्ने छ भने दोस्रो खेल मार्च २६ मा खेल्दै छ । दुवै खेल बहराइनको नेशनल स्टेडियममा हुने तालिका रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्