सस्कृत वाङ्गमय तर्फ आकर्षण बढ्दो  : सस्कृतविद ढकाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ चैत । सस्कृत बिद डा . भागवत ढकालले सस्कृत वाङ्गमय तर्फ विद्यार्थि संख्या बढ्दो रहेको बताउनु भएको छ ।

आफ्नो आत्म पहिचानको खोजी , सत्य र दर्शन को खोजी र अध्यन गरिरहेको अहिलेको अवस्थामा वाङ्गयमा पुग्नु पर्ने त्यसकालागि सस्कृत शिक्षा चाहिने भएकाले पनि आकर्षण बढ्दै गएको बताउनु भयो ।

उहाँले सस्कृत भाषा नै भोलिको विश्वको भाषिक नेतृत्व गर्ने र पठनपाठनका विश्व नै जुरमुराएको अवस्था रहेको बताउनु भयो । रेडियो काठमान्डुको कार्यक्रम राइट कर्नरमा कुराकानिका क्रममा सस्कृतविद ढकालले अहिलेको आधुनिक शिक्षाले गर्दा मानिसको ब्यावहारमै परिवर्तन भएको बताउनु भयो ।

अहिलेको शिक्षाले आफ्नत र आफ्ना लाई कस्तो ब्यावहार गर्ने त्यो हराउदै गएको छ, उहाँले सस्कृतका विद्यार्थी र आधुनिक शिक्षाका विद्यार्थी ले गर्ने व्याबहार धर्यता लगायत अन्य व्याबहारीक कर्म धेरै अन्तर छ । समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व अझै बढेर गएको उहाँको भनाइ छ ।

समयानुकूल शिक्षा प्रदानका लागि प्रबिधिको प्रयोगले शिक्षा प्रदान गर्नु पर्ने आवस्यकता रहेको बताउनु भयो । नेपालीलगायत अन्य कतिपय भाषाको जननी भाषा भएको हुनाले यसको संरक्षण गर्नु अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले नेपाल लाई सस्कृत शिक्षाको हवका रुपमा बिकास गरियो भने नेपालको पर्यटकीय क्षेत्रको बिकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्