गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी, संसद् बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको छ ।

दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई अनुमति दिएपछि कांग्रेस सांसद्हरु नाराबाजीमा उत्रेका थिए ।

केही बेरको नाराबाजी पछि सभामुखले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका हुन् । अर्को बैठक यही चैत ४ गते आइतबार बस्ने गरि स्थगित भएको हो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्