कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ फागुन । प्रनिनिधिसभालाई  नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।

यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्