नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।   

हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। 

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्