भोजपुर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या आठ पुग्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १ चैत ।  सुनसरीको इटहरीबाट धरान हुँदै भोजपुरको चुहारसम्मको लागि हिडेको को १ ज २५९३ नम्बरको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

सुनसरी बाट भोजपुर हिडेको बोलेर उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना भएको थियो । दुर्घटना परि घटनास्थलमै सात जनाको मृत्युभएको हो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापरि मृत्यु हुनेहरुमा चालक इटहरी नगरपालिका १६ सुनसरीका ४२ बर्षिया मानबहादुर बस्नेत, भोजपुरा हतुवागडी २ का ७० बर्षिया पर्वतमाया राई, भोजपुरा हतुवागडी २ कै २३ बर्षिया चन्द्रप्रकाश राई, सोहि ठाउँका ६ महिने बालक दिसांग राई, भोजपुरा हतुवागडी ९ का ६८ बर्षीय पदम बहादुर थापा, भोजपुरा हतुवागडी ५ का ३० बर्षिया रामकुमारी राई र सुनसरी इटहरी बस्ने अन्दाजी ४० बर्षिया कमला अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा हतुवागडी ५ का किसन राईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार दुर्घटनामा परि घाइते भएकाहरुको सुनसरीको धरान स्थित घोपा क्याम्पमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा बिशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सबिना परियार, गायत्री कटवाल “रमा“ सुशील परियार, कुलाबुंग राई र निकिता कटवाल रहेका छन् । घाइतेहरु मध्ये शान्तिकाला राईको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घाइते शान्तिकलाको ६ महिनाको बालिकाको भने घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटना भएको जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीे जनाएको छ । दुर्घटनामा परि मृत्यु भएकाहरु जीपमा चेपिएका थिए । मृतकको शव पोस्टमाटमका लागि धरान घोपा पठाईएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्