एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।  

स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म  उनीहरू बीच  संवाद हुने भएको छ । 

सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुने छ। सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन् । 
चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ ।

महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइनेछ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्