रवि लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् । 

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्