प्लाइउड उद्योगमा लागेको आगोले १५ करोड रुपैयाँ बराबरको क्षति

खबर बुक
  • ख-
  • ख+

झापा। मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो बुधबार साँझ निभाइएको छ। उद्योगमा काठको विशाल घाटगद्दी भएका कारण आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योग सञ्चालक सन्तोष आचार्यले बताए।

आगलागीबाट १५ करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको उनले बताए। उनका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ।

नेपालकै ठूलो मानिएको उक्त प्लाइउड उद्योगमा १ हजार २०० मजदुर कार्यरत छन्। त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ। आगलागीको खबर प्राप्त हुनेबित्तिकै १२ वटा दमकलले आगो निभाउने प्रयास गरेका थिए। काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो। आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्