यो संसद्‌को अवधिभर दाहाल नेतृत्वकै सरकार रहन्छ : योगेश भट्टराई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० फागुन ।  नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताउनुभएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने भन्दै अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताउनुभएको हो । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरेको भन्दै उहाले सरकारलाई आउने चार बर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको भएको धारणा राख्नुभयो ।

उहाले वर्तमान सरकारले नै मुलुकमा देखिएको समस्याहरु हल गर्ने दावी गर्नुभयो । भट्टराईले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउनका लागि कुनै दावी समेत नगरेको जिकिर गर्नुभयो । १५–१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट गर्ने सहमति पनि नभएको उहाको भनाइ छ ।

उहाले धेरै कुरामा त्याग गरेर नयाँ समिकरण बनेको भन्दै पद भन्दा पनि समिकरणलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्