देश र जनताप्रति थप जिम्मेवारीबोध भयो -प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसंगै थप देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताउनुभएको छ ।

विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गदै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताउनुभयो ।

यसअघि पनि विश्वासको मत दिएको भन्दै उहाले नयाँ राजनीतिक समिकरण सहित विश्वासको मत पाउदाको अनुभव अझ बढि लोकतान्त्रीक ढंगले सजिव रहेको जिकिर गर्नुभयो ।

उहाले आफुप्रति भरोषा गरेर मत दिनेलाई धन्यवाद दिदै बिपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस भन्नेलाई पनि धन्यवाद दिनुभयो । उहाले बुधबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्