विवादित रवि लामिछानेलाई कारबाही गर्नुको साटो मन्त्री बनाएकामा कांग्रेसको आपत्ति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो सत्ता समीकरणपछि गरिएको मन्त्रिपरिषद् विस्तारमा विवादास्पद छवि भएका व्यक्तिलाई मन्त्री बनाइएकामा सभामुखको ध्यानाकर्षण गराएको छ। .

कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएकामा आपत्ति जनाएको हो।

बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक सुशीला थिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाइन्।

उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्। सबै विषयमा छलफल नगरी सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने उनको भनाइ थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्