मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

खबर बुक
  • ख-
  • ख+

मोरङ, ३० फागुन । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।

बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो।

बसका चालक रतुवामाई ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्य बहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्