
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दैछन् ।
फाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ । हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको हो ।
पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको हो ।