भरूवा बन्दुकसहित पक्राउ

खबर बुक
  • ख-
  • ख+

रामेछाप, २९ फागुन । मन्थली नगरपालिका-१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका-११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्