नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष दाहालले गरे पदभार ग्रहण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन ।  नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि उहाले सिंहदरबार पुगेर पदभार ग्हण गर्नुभएको हो । सिंहदरबारमा उहालाइ राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद सचिवालयमा महासचिव लगाएत कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ ।

सो क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै महत्वपूर्ण विधेयकहरुलाई अघि बढाउनका लागि सवै दलहरुलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो ।

त्यस्तै संविधान कार्यान्वयनका लागि बन्न बाँकी ऐन कानूनहरुको निर्माणलाई पनि गम्भीरताका साथ लिने उहाले धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्