सिडिएस पार्क मुगुले निर्माण गर्‍याे अपाङ्गमैत्री

खबर बुक
  • ख-
  • ख+

मुगु, २९ फागुन  । मुगु जिल्लाको एक गैर सरकारी संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुले अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेको छ । 

कोर ग्रुपको आर्थिक सहयोग र सिडिएस पार्क मुगुको आयोजनामा निर्माण गरिएका भौतिक संरचना र आवश्यक स्वास्थ्य सामग्रीहरु सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले उद्धघाटन गरी सिडिएस–पार्क मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले अस्पताल ब्यवस्थापन समितिका सदस्य देवीलाल मल्ललाई सो सामग्रीहरु हस्तान्तरण गरेका हुन् । 

नागरिकको स्वास्थ्य क्षेत्रलाई माथि उकास्न र विशेष गरेर अपांग भएका व्यक्तिहरुको स्वास्थ्यमा टेवा पुग्ने र आवतजावतमा सहज बनाउन अपांगमैत्री भौतिक संरचना र सामग्रीहरु हस्तान्तरण गरिएको सिडिएस पार्क मुगुले जनाएको छ ।

बृहत अपाङ्गता स्वास्थ्य कार्यक्रम परियोजनाको आर्थिक सहयोगमा अस्पताललाई रेलिङ,र्‍याम्प , ट्याकटाईल , अस्पतालको विभिन्न स्थानहरुमा नेम पेलेट जस्ता अति हावश्यक संरचनाहरु निर्माण गरिएको सिडिएस–पार्क मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए । साथै अस्पताल लाई थप आवश्यक सामाग्रीहरु  ह्वीलचियर, वाकर, वैशाखी, हाईड्रोलिक बेड समेत हस्तान्तण गरिएको छ । 

खड्क सुनार  

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्